• गृहपृष्ठ
  • लिभरपुललाई नवौं पटक काराबाओ कपको उपाधि

लिभरपुललाई नवौं पटक काराबाओ कपको उपाधि

Feb 28th, 2022

आधारभूमि संवाददाता
काठमाडौँ १६ फागुन

लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै लिभरपुलले नवौं पटक काराबाओ कप फुटबलको उपाधि जितेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा लिभरपुल ११–१० ले विजयी भयो ।

जितसंगै लिभरपुलले नवौं पटक काराबाओ कपको उपाधि जितेको छ ।