बिलबाओमाथि बार्सिलोनाको फराकिलो जित

Feb 28th, 2022

आधारभूमि संवाददाता
काठमाडौँ १६ फागुन

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिक बिलबाओलाई ४–० गोलले पराजित गरेको हो ।

क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन एमरिक औबामेयाङ,उसमान डेम्बेले,लुक डे जोंग र मेम्फिस डिपेले एक-एक गोल गरे।

खेलको ३७ औं मिनेटमा यानिक एमरिक औबामेयाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७३ औं मिनेटमा उसमान डेम्बेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

खेलको ९० औं मिनेटमा लुक डे जोंगले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा मेम्फिस डिपेले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ४५ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ। पराजित एट्लेटिक बिलबाओको २६ खेलबाट ३७ अंक छ र आठौं स्थानमा छ ।