• गृहपृष्ठ
  • सामसङ्गको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

सामसङ्गको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर नेपाली बजारमा

Feb 27th, 2022

काठमाडौ फागुन १५
नेपालको सबैभन्दा विश्वसनीय कन्ज्युमर इलेक्ट्रोनिक्स एवं नम्बर १रेफ्रिजेरेटर ब्राण्ड सामसङ्गले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ । यो स्टाइलिस स्टेनलेस स्टील फिनिश भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सर सहित ५७९ लिटरमा उपलब्ध छ । फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्वीन कूलिङ्ग प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ ।

पावर कूल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकोले तपाईंलाई आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न पर्दैन । धेरै फलफुल र सागसब्जीहरु राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरु र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरु राखिएका छन् । २ वटा शेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या हुँदैन । यी नयाँ रेफ्रिजेरेटरहरुमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत खपत कम गर्छ ।

५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको नेपाली बजार मुल्य २ लाख ९९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले छ।फ्रेन्च डोर रेफ्रिजेरेटरहरु सामसङ्ग प्लाजा वेवसाइट साथसाथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरुमा उपलब्ध रहेको छ ।यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ र ५० प्रतिशतसम्म विद्युत खपत कम गर्ने डिजिटल इन्भर्टर छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरु र चिन्हहरु हटाउन दिन दिनै सफा गरिरहन पर्ने छैन । यी रेफ्रिजेरेटरहरु छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरुलाई फोहर दागहरुबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बा रहित बनाउँछ । सामसङ्ग डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्ने पनि कम्पनीको दाबी छ । साथै यसले ५० प्रतिशतसम्म विद्युत खपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरु भएको इन्भर्टर प्रविधि २१ वर्षसम्म चल्ने क्षमता भएको प्रमाणित भएको र यो १० वर्षको वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।