पहिलो दिन नै सात अंकले घट्यो नेप्से

Feb 27th, 2022

काठमाडौ, फागुन १५
साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से घटेको छ । आज आईतबार नेप्से सात दशलव ७३ अंकले घटेर २६ सय ५३ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ७३ अंकले घटेर पाँच सय छ दशमलव ८४ अंकमा झरेको छ । दुई सय २४ वटा कम्पनीहरुको ४९ हजार छ सय ७० पटकको कारोवारमा ७० लाख ४० हजार पाँच सय ६३ कित्ता शेयर किनबेच भएकाछन भने कारोबार रकम तीन अर्ब २७ करोड ३० लाख ६५ हजार नौ सय १० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा जलबिद्युत र अन्य समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ७५ अंकले घटेर १६ सय ९३ दशमलव ३६ अंकमा पुग्दा फाईनान्स समुहको समुुहको सुचक पनि १० दशमलव ५८ अंकले घटेर २२ सय ४५ दशमलव ९४ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुुचक पनि ३२ दशमलव ९५ अंकले घटेर ११ हजार नौ सय ४८ दशमलव ३० अंकमा पुग्दा बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने युनिभर्सल पावर कम्पनी परेको छ ।