• गृहपृष्ठ
  • बैंकको एटिएम फोर्दे गरेको अवस्थामा पक्राउ

बैंकको एटिएम फोर्दे गरेको अवस्थामा पक्राउ

Feb 27th, 2022

काठमाडौं, फागुन १५
काठमाडौं महानगरपालिका–१ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दे गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका–७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।