• गृहपृष्ठ
  • लेरो सानेको गोलमा बायर्नको जित,शीर्ष स्थानमा नौ अंकको अग्रता

लेरो सानेको गोलमा बायर्नको जित,शीर्ष स्थानमा नौ अंकको अग्रता

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १५ फागुन

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्न म्युनिखले फ्रान्कफुर्टलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

फ्रान्कफुर्टको मैदानमा बायर्नलाई जित दिलाउन लेरो सानेले विजयि गोल गरे।सानेले दोस्रो हाफको ७१ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै बायर्नले २४ खेलबाट ५८ अंक जोडेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।पराजित फ्रान्कफुर्टको २४ खेलबाट ३१ अंक छ र १० औं स्थानमा छ ।