• गृहपृष्ठ
  • बेन्जिमाको गोलमा रियलको जित ,शीर्ष स्थानमा नौ अंकको अग्रता

बेन्जिमाको गोलमा रियलको जित ,शीर्ष स्थानमा नौ अंकको अग्रता

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १५ फागुन

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले रायो भ्यालेकानोलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

रायो भ्यालेकानोको मैदानमा रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले विजयि गोल गरे।बेन्जिमाले दोस्रो हाफको ८३ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै रियलले २६ खेलबाट ६० अंक जोडेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ ।पराजित रायो भ्यालेकानोको ५४ खेलबाट ३१ अंक छ र १२ औं स्थानमा छ ।