• गृहपृष्ठ
  • वाटफोर्डसँग गोलरहित बराबरीमा रोकियो युनाईटेड

वाटफोर्डसँग गोलरहित बराबरीमा रोकियो युनाईटेड

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १५ फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा युनाईटेड र वाटफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै युनाईटेडको २७ खेलबाट ४७ अंक जोडेको छ र चौथो स्थानमा छ ।वाटफोर्डको १६ खेलबाट १९ अंक छ र १९ औं स्थानमा छ ।