पीएसजीको जितमा एमबाप्पेको दुई गोल

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १५ फागुन
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले सेन्ट-एटिएनलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे भने डानिलो परेराले एक गोल गरे ।सेन्ट-एटिएनका डेनिस बोआंगाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सेन्ट-एटिएनले लिएको थियो। खेलको १६ औँ मिनेटमा सेन्ट-एटिएनका डेनिस बोआंगाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ४२ औं मिनेटमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै खेल बराबरीमा फर्काए ।४७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

त्यसपछि खेलको ५२ औं मिनेटमा पीएसजीका डानिलो परेराले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

जितसंगै पीएसजीले २६ खेलबाट ६२ अंक जोडेको छ र शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ ।पराजित सेन्ट(एटिएनको २६ खेलबाट २२ अंक छ र १६औं स्थानमा छ ।