• गृहपृष्ठ
  • लक्ष्मण र आशा अभिनित ‘हाम्रो नजर’ सार्वजनिक(हेर्नुस् भिडियो)

लक्ष्मण र आशा अभिनित ‘हाम्रो नजर’ सार्वजनिक(हेर्नुस् भिडियो)

Feb 26th, 2022

काठमाडौ, फागुन १४
डोगा प्रडक्शनको प्रस्तुतिमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको युगल गायनमा समावेश ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल भर्सनको यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ । रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन् । जापानको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको यो गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगर फिचर्ड छन् ।

भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ । गोविन्द बिष्टले छायाँकन र सम्पादन गरेको यो भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । रमा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।