आत्मघाती गोलको मद्दतमा आर्सनलको जित

Feb 25th, 2022

आधारभूमि संवाददाता

काठमाडौं, फागुन १३
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उल्भ्समाथि पुनरागमन जित निकालेको छ ।बिहीबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले उल्भ्सलाई २-१ गोलले पराजित गरेको हो ।

एमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन निकोलस पेपेले एक गोल गरे।आर्सनलले एक गोल आत्मघाती उपहार पाएको हो । उल्भ्सका ह्वाङ हे-चानले एक गोल गरे ।

खेलमा पहिलो अग्रता उल्भ्सले लिएको थियो । खेलको दशौं मिनेटमा उल्भ्सका ह्वाङ हे-चानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको ८२ औं मिनेटमा आर्सनलका निकोलस पेपेले गोल गर्दै खेल बराबरीमा फर्काए।

त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा उल्भ्सका जोसे साले आत्मघाती गोल गरे पछि आर्सनलले जित निकालेको हो ।

जितसँगै आर्सनलले २४ खेलबाट ४५ अंक जोडेको छ र पाँचौं स्थानमा छ ।पराजित उल्भ्सको २५ खेलबाट ४० अंक छ र सातौं स्थानमा छ ।