झण्डै ६० अंकले घट्यो नेप्से

Feb 24th, 2022

काठमाडौ, फागुन १२
नेप्से घटेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ५८ दसमलव ९९ अंकले घटेर २६ सय ६१ दसमलव ४४ अंकमा पुगेको छ भने सेन्सिटिभ १० दसमलव ३६ अंकले घटेर पाँच सय सात दसमलव ५८ अंकमा पुुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको ६५ हजार ११ पटकको कारोवारमा ८४ लाख ९० हजार छ सय ८९ कित्ता शेय किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव २७ अंकले घटेर १७ सय चार दसमलव ७१ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक ९० दसमलव ७२ अंकले घटेर ३२ सय ८१ दसमलव ८६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४५ दसमलव ५५ अंकले घटेर ११ हजार नौ सय ८१ दसमलव २४ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन जनरल इन्स्योेरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।