• गृहपृष्ठ
  • बनेपाबाट चोरीएको मोटरसाईकल ग्वार्कोबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

बनेपाबाट चोरीएको मोटरसाईकल ग्वार्कोबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

Feb 24th, 2022

काठमाडौ, फागुन १२
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाण्डौं बस्ने वर्ष २३ को आर्टी तामाङ्गलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी.सी.को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
वास्तविक नम्बर प्रदेश ३–०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलार्इ चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।