• गृहपृष्ठ
  • एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो युनाईटेड

एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो युनाईटेड

Feb 24th, 2022

आधारभूमि संवाददाता
काठमाडौँ १२ फागुन

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन् ।बुधबार राति भएको खेलमा युनाईटेड र एट्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा युनाईटेडको लागि एन्थोनी एलंगाले एक गोल गरे भने एट्लेटिको मड्रिडको लागि जोआओ फेलिक्सले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिको मड्रिडले लिएको थियो । खेलको सातौं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

तर, खेलको ८० औं मिनेटमा युनाईटेडका एन्थोनी एलंगाले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेग मार्च १६ मा युनाईटेडको घरेलु मैदानमा हुनेछ ।