• गृहपृष्ठ
  • अवैध रुपमा लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित पक्राउ

अवैध रुपमा लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित पक्राउ

Feb 23rd, 2022

काठमाडौं, फागुन ११
अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुलुकका मुद्रा सहित भारतीय नागरिक राहदानी नम्बर जेड५३१४७४० बाहक ४५ वर्षीय सतिस परशोत्तम सजनानिलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका सजनानिलाई विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्योण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिन एरियामा जाँच गर्ने क्रममा ह्याअण्ड व्यागभित्र रहेको प्लाष्टिकमा विभिन्न देशका मुद्राहरू सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट २० हजार १ सय ५० अमेरिकी डलर, ३१ हजार ६ सय नेपाली रुपैयाँ, बेलायती पाउण्ड ५, जर्जिया लारी ५०, भारतीय रुपैयाँ १ सय र यूएई दिराम १ हजार ३ सय ५५ प्रहरीले बरामद गरेको छ । बरामद मुद्रा सहित उनलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्वर अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको छ ।