नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्यो

Feb 22nd, 2022

काठमाडौ, फागुन १०
आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै बढेको छ । नेप्से आज १७ दसमलव ४२ अंकले बढेर २७ सय ३५ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ३६ अंकले बढेर पाँच सय २३ दसमलव १५ अंकमा चढेको छ । आज दुई सय २८ वटा कम्पनीहरुको ४८ हजार एक सय ९५ पटकको कारोवारमा ६० लाख ८१ हजार छ सय दुई कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब २१ करोड २८ लाख ८७ हजार आठ सय २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक र लगानी समुहको सुचक घटेको छ भने बाँकी ११ वटा समुहहरुको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ३२ अंकले बढेर १७ सय ४४ दसमलव ७८ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ४३ दसमलव ९१ अंकले बढेर २३ सय ३९ दसमलव ८९ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय २८ दसमलव दुई अंकले बढेर १२ हजार तीन सय ३७ दसमलव २५ अंकमा पुगेकोमा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।