• गृहपृष्ठ
  • अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको सुन सहित पक्राउ

Feb 22nd, 2022

काठमाडौं, फागुन १०
भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेको ९ सय ३६ ग्राम अर्धठोस सुन सहित बंगलादेशी नागरिक राहदानी नम्बर ए००२६२२२९ वाहक ४७ वर्षीय मोहम्मद तोफिक उल्लाहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको उक्त सुन फेला पारी पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक राहदानी नम्बर यू५४४०२८१ वाहक ४० वर्षीय पारस नाथ साहले भन्सार छलि ल्याउन लगाएको भनी खुलाएपश्चात पारसलाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।