• गृहपृष्ठ
  • विश्वविद्यालयमा समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुनुपर्दछ : शिक्षामन्त्री

विश्वविद्यालयमा समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुनुपर्दछ : शिक्षामन्त्री

Feb 21st, 2022

काठमाडौ, फागुन ९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका नवीनतम विषयहरुलाई अध्ययन, अध्यापन र अनुसन्धानको दायराभित्र पर्ने गरी समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुुनुपर्ने बताएकाछन ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ औं सभामालाई सम्बोधन गर्दे उनले विगतमा चलेका तर हाल आएर विद्यार्थीहरुको अभाव हुँदै गएका कतिपय शैक्षिक उपाधिहरुको पुनर्विचार गर्नुपर्ने बेला आएको बताउँदै पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्यांए । ‘विश्वविद्यालयको गुणस्तर सुधार हुनको लागि विद्यालयस्तरको पठनपाठनमा सुधार आवश्यक हुन्छ,’ मन्त्री पौडेलले भने, गणस्तर सुधारका लागि विश्वविद्यालयमा गुणस्तरीय पठनपाठन मार्फत योग्य शिक्षक उत्पादन गर्न सक्नुपर्दछ ।’

उनले बौद्ध शिक्षा विकासमा सम्बन्धमा विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रमहरु विस्तार गर्दा प्रचलित कानुन र नियमका अतिरिक्त बौद्ध दर्शन कला, साहित्य, शिक्षा, नैतिकता र संस्कृति जस्ता बहुआयामिक विषयहरुलाई समावेश गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

ज्ञानलाई सीपसँग, सीपसँग रोजगारीसँग र रोजगारीलाई समृद्धिसँग जोड्ने गरी विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक क्रियाकलापहरु निर्देशित हुन जरुरी रहेको बताए ।