२५ अंकले बढ्यो नेप्से

Feb 21st, 2022

काठमाडौ, फागुन ९
नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने २५ दसमलव ४१ अंकले बढेर २७ सय १८ दसमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव १५ अंकले बढेर पाँच सय १८ दसमलव १९ अंकमा पुुगेको छ । दुई सय २४ वटा कम्पनीहरुको ४० हजार आठ सय ६९ पटकको कारोवारमा ४९ लाख ९२ हजार आठ सय ७९ कित्ता शेयर किनबेच भएकाछन भने आज कारोवार रकम दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव २८ अंकले बढेर १७ सय ३६ दसमलव ४६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि २७ दसमलव २४ अंकले बढेर २२ सय ९५ दसमलव ९८ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ३९ दसमलव दुई अंकले बढेर १२ हजार दुई सय नौ दसमलव २३ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बैंकको ऋणपत्र २०८५ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम लिमिटेड परेको छ ।