• गृहपृष्ठ
  • रामकृष्ण ढकालको ‘ए पहरी फूल’ सार्वजनिक (भिडियो सहित)

रामकृष्ण ढकालको ‘ए पहरी फूल’ सार्वजनिक (भिडियो सहित)

Feb 21st, 2022

काठमाडौ, फागुन ९
रामकृष्ण ढकालको स्वरमा ‘ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफुले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त बस्नेतले बताए । आफनी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ । पहरामा फुलेको पहरी फुलले जिवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताइन ।

प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज घिमिरेको छायाँकन, राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।