एकै दिन ३९ अंकले घट्यो नेप्से

Feb 20th, 2022

काठमाडौ, फागुन ८
नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से ३९ दसमलव चार अंकले घटेर २६ सय ९३ दसमलव १० अंकमा पुग्दा न्सिटिभ पनि चार दसमलव ९९ अंकले घटेर पाँँच सय १३ दसमलव ६४ अंकमा पुुगेको छ । आज दुई सय ३० वटा कम्पनीहरुको ५७ हजार चार पटकको कारोवारमा ७१ लाख २२ हजार दुई सय ९९ कित्ता शेयर खरिद किनबेच भएकाछन भने कारोवार रकम चार अर्ब आठ करोड ६४ लाख ७४ हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा अन्य समुहको सुचक बढेर बाँकी १२ वटा समुहहरुको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ७५ अंकले घटेर १७ सय २० दसमलव १८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ४६ दसमलव ८२ अंकले घटेर २२ सय ६८ दसमलव १३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ८० दसमलव ७५ अंकले घटेर १२ हजार एक सय ७० दसमलव २२ अंकमा पुग्दा जलबिद्युत, बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने जीवन बिकास लघुुबित्त बित्तीय संस्था परेको छ ।