• गृहपृष्ठ
  • हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

Feb 20th, 2022

आदेन, ८ फागुन, रासस/सिन्ह्वा

यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।

सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन् ।यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।