• गृहपृष्ठ
  • लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा ‘रैछौ बेइमानी’ (हेर्नुस् भिडियो)

लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा ‘रैछौ बेइमानी’ (हेर्नुस् भिडियो)

Feb 20th, 2022

काठमाडौ, फागुन ८
दर्जनौ टेलिचलचित्र, चलचित्रमा निर्माण ब्यबस्थापक एबम २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्धान्त शर्मा पौडेल अब गीतकार पनि बनेका छन् । नव गीतकार पौडेलले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा समेटेर आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन । धुलिखेलको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेकाहुन् । अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन रहेको छ । ‘रैछौ बेइमानी’ को भिडियो सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक भएको केहि समयमै दर्शकहरुको राम्रो राम्रो प्रतिक्रिया आएको छ ।