• गृहपृष्ठ
  • अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

अमेरिकामा जारी आपतकालीन अवस्थाको विस्तार

Feb 19th, 2022

वासिङ्टन (अमेरिका), ७ फागुन,रासस/एएनआई/स्पुतनिक

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिनुभएको छ।

“कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ । त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ।