• गृहपृष्ठ
  • किरणको स्वर, राजेन्द्रको शब्दमा ‘अन्तिम इच्छा’ सार्वजनिक

किरणको स्वर, राजेन्द्रको शब्दमा ‘अन्तिम इच्छा’ सार्वजनिक

Feb 17th, 2022

काठमाडौ, फागुन ५
गायक किरण पुन्जले ‘अन्तिम इच्छा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सेन्टिमेन्टल भर्सनको यस गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ ।

पूजा शर्मा र पुष्प खड्कालाई म्युजिक भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

२०५८ साल देखि आफ्नो संगीत यात्रा सुरु गरेका गायक पुन्जले २०६६ सालमा ‘किरण’ नामक एल्बम प्रकाशित गरेका थिए । हाल शास्त्रीय गायनका प्रशिक्षकका रुपमा कार्यरत पुन्जले १२ वर्ष पछि यो म्युजिक सार्वजनिक गरेका हुन् । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।