झण्डै दुई अंकले घट्यो नेप्से

Feb 17th, 2022

काठमाडौ, फागुन ५
नेप्से घटेको छ । आज बिहिबार नेप्से एक दसमलव ९३ अंकले घटेर २७ सय ३२ दसमलव ५२ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य अंकले घटेर पाँच सय १८ दसमलव ६५ अंकमा स्थिर रहेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ३४ हजार तीन सय ४६ पटकको कारोवारमा ४० लाख १७ हजार चार सय २९ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार छ सय ६० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव शुन्य सात अंकले घटेर १७ सय ४५ दसमलव ९३ पुग्दा फाईनान्स समुहको सुचक पनि १० दसमलव ६३ अंकले घटेर २३ सय १४ दसमलव ९५ अंकमा पुगेको छ । बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युत समुहको सुचक भने आज दुई दसमलव ५९ अंकले बढेर ३२ सय ६८ दसमलव ८३ अंकमा पुगेको छ भने टे«डिङ, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा तेह्थुम पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने जीवन बिकास लघुबित्त बित्तीय संस्था नै परेकाछन ।