सशस्त्र प्रहरीद्धारा चरेश बरामद

Feb 15th, 2022

पर्सा, फागुन ३
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवा ईलाकाबाट फागुन ३ गते सशस्त्र प्रहरीले आठ वटा प्याकेटमा रहेको करीव ३ के.जी. ९ सय ग्राम चरेश बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणबाट गस्तीमा खटिएकोे सशस्त्र प्रहरीलाई देख्नासाथ उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा उक्त चरेश फेला पारेको हो । बरामद चरेश नेपाल प्रहरीलाई बुझाईएको छ ।