• गृहपृष्ठ
  • युरेनियम भनिएको पदार्थ सहित आठ जना ब्यक्तिहरु पक्राउ

युरेनियम भनिएको पदार्थ सहित आठ जना ब्यक्तिहरु पक्राउ

Feb 15th, 2022

काठमाडौ, फागुन ३
युरेनियम भनिएको पदार्थ सहित आठ जना ब्यक्तिहरु पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यही फागुन दुई गते अन्दाजी १७ः३० बजे काठमाण्डौ जिल्लाको बौद्ध इलाकामा केही ब्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको संकलन तथाभण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्देछन भन्ने सुचना प्रहरी प्रधान कार्यालयमा आएको थियो ।

सो अनुुरुप प्रहरी प्रधान कार्यालय, नक्सालबाट सादा पोशाकमा परिचालित प्रहरीको बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीबाट काठमाण्डौं महानगरपालिका वडा नं.६ बौद्ध स्थित ह्यायत रिजेन्सी होटल काठमाण्डौको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च८२०९ नं. को कारभित्रबाट २ के. जि. ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्नेक्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई निजहरुले भारतबाट ल्याई प्रति के. जि. ३५ करोड रुपैयाँमा बिव्रmी गर्न लाागेको र उक्त कार्यमा अन्य आठ जना व्यक्तिहरुको समेतको सहभागिता रहेको जानकारी दिएपछि प्रहरीले सोही स्थानबाट अन्य आठ जनालाई पनि पव्रmाउ गरेको हो ।

परिसरका अनुसार पव्रmाउ पर्नेहरुमा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं.१ घर भई हाल काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन बस्ने ३४ बर्षिय भुपेन्द्र खड्का, सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिका वडा नं.४ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं.६ महाँकाल बस्ने ४० बर्षिय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका वडा नं.१४ घर भई सोही स्थान बस्ने ६० बर्षिय नवराज महत, सिराहा लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नं.३ घर भई हाल काठमाण्डौको ठमेल बस्ने ४० बर्षिय गोपिलाल दास, सिराहा वरियापारपट्टी गाउँ पालिका वडा नं.१ घर भई हाल काठमाण्डौंको ठमेल बस्ने ५५ बर्षिय जिवछ नारायण यादव, महोत्तरी घर भई हाल काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नं.७ शिवचोक बस्ने बर्ष ३८ बर्षिय सुरेन्द्र प्रसाद चौधरी, भारतको बिहार प्रदेश गया जिल्ला चनादहोता घर भएकका बर्ष ६३ बर्षिय उपेन्द्र कुमार मिश्र र भारतको महोत्तरी जिल्ला एकाडारा ६ बगैया कलुवा घर भएका ४४ बर्षिय राजु ठाकुर रहेकाछन ।

प्रहरीका अनुसार उनीहरुको साथबाट बा ५ च ८२०९ नं. को प्राइभेट कार, २ के.जि. ८०० ग्राम तौल भएको युरेनियम भनिएको पदार्थसहितको झोला थान–१, बा.२६ प. १६२८ नं. को होण्डा कम्पनीको मोटर साइकल थान–१, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ बीर गोर्खाज सेक्युरिटीको परिचय–पत्र थान–१ र बिभिन्न कम्पनिको मोबाइल सेटहरु थान– ९ बरामद भएकाछन ।

घटनाको सम्बन्धमा पव्रmाउ परेका व्यक्तिहरु उपर सम्मानीत काठमाण्डौं जिल्ला अदालत काठमाण्डौबाट ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्र्तगत मुद्धामा दिन सात दिनको म्यादथप अनुमति लिई प्रहरी बृत्तबौद्धबाट थप अनुसन्धान भई प्रहरीले जानकारी दिएको छ ।