• गृहपृष्ठ
  • प्रताप र अस्मिताको स्वरमा ‘तिमी हौ तिमी’ सार्वजनिक

प्रताप र अस्मिताको स्वरमा ‘तिमी हौ तिमी’ सार्वजनिक

Feb 15th, 2022

काठमाडौ, फागुन ३
गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको यो गीतमा शब्द संगीत रहेको छ । विषम आचार्यको गीतमा संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । शिशिरजय खरेल निर्माता रहेको यो भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘जय हो’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।