कहानी एकादेशको सार्वजनिक (भिडियो)

Feb 15th, 2022

काठमाडौ, फागुन ३
सागर लम्साल बले अभिनित एकादेशको कथा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सार्वजनिक पुर्व नै चर्चा पाएको यस गीतको भिडियो सोमबार काठमाण्डौँमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । छायांकनको क्रममा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो । उक्त क्लिपले निकै चर्चा पाएको थियो ।

दीपक प्रसाद आचार्य काकुको निर्देशनमा बनेको एकादेशको कथा बोलको गीतको भिडियोमा सागर लम्साललाई सुप्रिया खनालले साथ दिएकी छन् । दीपकप्रसाद आचार्य, सन्देश लामिछाने, भावना आचार्य लुरी,शालिकराम भण्डारी लगायतकाको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दीपक प्रसाद आचार्य काकुले सागर लम्साल बलेको अभिनयको प्रशंसा गर्दै आफुहरुको मिहनेतलाई सबैले रुचाउनेमा विश्वास व्यक्त गरे ।

दीपक सापकोटा भन्जाको शब्द संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । भ्यालेन्टाइन्स डे को अवसर पारेर सार्वजनिक गरेको गीतको भिडियोले सामाजिक सन्देश बोकेको छ ।