• गृहपृष्ठ
  • पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको भिटेनको युट्युब च्यानल फिर्ता

पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको भिटेनको युट्युब च्यानल फिर्ता

Feb 15th, 2022

काठमाडौ, फागुन ३
चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ । १.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो ।

डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन् । आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहिर र विभिन्न नचिनेका मेलहरु खोल्नबाट बच्नुपर्ने दंगाल बताउंछन् ।

यसअघि बुढासुब्बा म्युजिक, बिपना थापा, केन्द्र मोशन लगायत थुप्रै कम्पनी तथा सेलिब्रेटीको युट्युब ह्याक भएर फिर्ता आएको छ भने धेरैले गुमाउनु पनि भएको छ ।