• गृहपृष्ठ
  • यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड–प्रिमियम क्राफ्ट बियर

यती ब्रुअरीले सार्वजनिक गर्यो यती ब्लण्ड–प्रिमियम क्राफ्ट बियर

Feb 15th, 2022

काठमाडौ, फागुन ३
यती ब्रुअरी, नेपालको एक प्रतिष्ठि ग्रोईङ कम्पनीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ । स्पिरिट अफ द माउन्टेन्स : स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो । बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उदेश्य रहेको छ । कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ ।

यति ब्लण्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२ प्रतिसत रहेको छ । यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् जसको आकर्षक मूल्य क्रमशः रु १८० र रु ३५० रहेको छ ।