एकै दिन ५३ अंकले बढ्यो नेप्से

Feb 15th, 2022

काठमाडौ, फागुन ३
नेप्से बढेको छ । आज मंगलबार नेप्से ५३ दसमलव तीन अंकले बढेर २७ सय ५४ दसमलव २८ अंकमा पुुुुुग्दा सेन्सिटिभ पनि १० दसमलव ८३ अंकले बढेर पाँच सय २२ दसमलव १३ अंकमा चढेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ४३ हजार पाँच सय १९ पटकको कारोवारमा ६३ लाख ४३ हजार दुई सय २८ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब २३ करोड ३३ लाख १८ हजार छ सय १४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ५७ अंकले बढेर १७ सय ५१ दसमलव २९ अंकमा पुुग्दा फाईनान्स समुहको सुचक पनि ६५ दसमलव ६८ अंकले बढेर २३ सय ६८ दसमलव ४९ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८५ अंकले बढेर १२ हजार पाँँच सय ६३ दसमलव ९८ अंकमा पुगेको छ भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा न्यादी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।