नेप्से सामान्य अंकले बढ्यो

Feb 14th, 2022

काठमाडौ, फागुन २
नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार भने शुन्य दमसलव शुन्य आठ अंकले बढेर २७ सय दसमलव ९८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ३६ अंकले घटेर पाँच सय १३ दसमलव ३० अंकमा झरेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ४९ हजार आठ सय ८२ पटकको कारोवारमा ७५ लाख ४९ हजार सात सय ७९ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब ६८ करोड ४० लाख नौ हजार नौ सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव २२ अंकले घटेर १७ सय ३६ दसमलव ७२ अंकमा झर्दा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने १६ दसमलव ३२ अंकले बढेर ४६ सय ९४ दसमलव ५४ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि चार दसमलव ८८ अंकले बढेर २३ सय दुई दसमलव ८० अंकमा पुुगेको छ । जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र लघुबित्त समुहहरुको सुचक पनि आज बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पनि आज नेशनल हाईड्रो पावर कम्पनी नै परेको छ ।