• गृहपृष्ठ
  • अमेरिकाबाट पूर्णले ल्याए ‘माया लाईदेउन’ (भिडियो)

अमेरिकाबाट पूर्णले ल्याए ‘माया लाईदेउन’ (भिडियो)

Feb 14th, 2022

काठमाडौ, फागुन २
’भ्यालेन्टाइन डे’ को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेकाछन् ।

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने (अविरल) को सुमधुर स्वर सुन्न सकिन्छ । स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ’स्माइल’ले संगीतवद्ध र संगीत संयोजन गरेका हुन् ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।