• गृहपृष्ठ
  • प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूल र इन्टरनेशनल स्कूल स्र्पोटस् फेडेरेसन बीच नयाँ साझेदारी

प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूल र इन्टरनेशनल स्कूल स्र्पोटस् फेडेरेसन बीच नयाँ साझेदारी

Feb 13th, 2022

काठमाडौ, फागुन १
नेपालको अग्रणी अन्तर्राष्ट्रिय विद्यालयहरू मध्ये एक प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले नेपाल खेलकुद महासंघ समेत आवद्ध रहेको इन्टरनेशल स्कूल स्र्पोट फेडेरेसनसँग नयाँ सहकार्य गरेको छ । उक्त कार्यक्रममा नयाँ साझेदारीको औपचारिक घोषणा गरिनुका साथै साझेदारी भएकोपूर्ण सदस्यताको प्रमाण–पत्र समेत हस्तान्तरण गरिएको थियो ।

यस संयुक्त सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमहरूलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको परिदृश्यमा सुधार गर्ने लक्ष्य राखिएको छ । प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलले स्थापनाकालदेखि नै नेपालको शैक्षिक क्षेत्रमा परिवर्तन ल्याएको छ । देशमा आइ बि कार्यक्रमहरू सुरु गर्ने प्रिमियर अग्रगामी स्कूल हुनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलकुद पूर्वाधार र कार्यक्रमहरूको सुरुवात गर्न, देशको समग्र शिक्षा प्रणालीको विकास गर्न र यस २१ औं शताब्दीमा सक्षम र राम्रा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सधैं अग्रणी भूमिका निर्वाह गरेको छ ।

यस सहकार्यसँगै प्रिमिय स्कूलले अर्को थप नयाँ खुड्किला चढ्न सफल भएको छ । इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त इन्टरनेशनल स्कूल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) ले सन् १९७२ देखि स्कूल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै आएको छ । यस निकायको प्राथमिक उद्देश्य भनेकै खेलकुदको माध्यमबाट शिक्षा प्रदान गर्नु हो ।

प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूल नेपालको पहिलो र आईएसएफ को एकमात्र पूर्ण सदस्य रहेको छ जसले नेपाललाई विश्व खेलकुद महासंघको समेत गौरवान्वित सदस्य बनाएको छ । यस नयाँ सहकार्य मार्फत नेपाली स्कूलका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको खेलकुद क्षेत्रमा परिचय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

स्कूल समर गेम्स (यू १८), वल्र्ड स्कूल च्याम्पियनसिप, आईएसएफ ई स्पोट जस्ता अन्य धेरै विद्यालय–स्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आईएसएफ मान्यता प्राप्त संघ हो । यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूले विश्वका विभिन्न भागहरुबाट ३५०० देखि ५००० विद्यार्थीहरूसँगै २० भन्दा बढी शैक्षिक र गैर–शैक्षिक खेलहरूमा भाग लिन सक्नेछन् ।

यस सहकार्य मार्फत प्रिमियर इन्टरनेशनल आइ बि वल्र्ड स्कूलका विद्यार्थीहरुका साथै अन्य स्कूलका अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ । नेपालको शिक्षा प्रणालीमा खेलकुद विकासको चरणमा रहेको र प्रिमियर तथा आईएसएफ दुवैले यस इकोसिस्टमलाई अझ सुदृढ पार्नको लागि महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखेका छन् । खेलकुदले नेपालीहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षाका साथै खेलकुदलाई नेतृत्व गर्ने खेलाडीहरुलाई विकास हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।