नेप्से एक सय अंकले घट्यो

Feb 13th, 2022

काठमाडौ, फागुुन १
नेप्से घटेको छ । आज आईतबार एकैदिन नेप्से एक सय एक दसमलव २४ अंकले घटेर २७ सय दसमलव ३२ अंकमा पुुग्दा सेन्सिटिभ पनि १५ दसमलव ६२ अंकले घटेर पाँच सय ११ दसमलव ६६ अंकमा झरेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ८१ हजार आठ सय ३७ पटकको कारोवारमा एक करोड १६ लाख ६१ हजार छ सय ३९ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम पाँच अर्ब ९७ करोड ७२ लाख ७४ हजार सात सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ६६ अंकले घटेर १७ सय ३९ दसमलव ९४ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक सय ८४ दसमलव ८८ अंकले घटेर ३१ सय ९५ दसमलव ५२ अंकमा पुुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय १२ दसमलव १४ अंकले घटेर २२ सय ९७ दसमलव ९२ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि पाँच सय ५२ दसमलव ५४ अंकले घटेर १२ हजार तीन सय ९३ दसमलव ५४ अंकमा पुगेको छ । यसैगरी बिकास बैक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको नबिल व्यालेन्स फण्ड ३ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अपरतामाकोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि अपर तामाकोशी हाईड्रो पावर कम्पनी नै परेको छ ।