• गृहपृष्ठ
  • अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात फरार भएका व्यक्ति पक्राउ

अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात फरार भएका व्यक्ति पक्राउ

Feb 11th, 2022

काठमाडौं, माघ २८
अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका ६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ७ चावहिलबाट शेर्पाले अनलाईन मार्फत २ थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भनि मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि छेउ छाउमा रहेको घर देखाई पैसा लिएर आउँछु भनी मोबाइल लिएर भागेको घटनामा संलग्न उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद १४ हजार रुपैयाँ र ३ थाना मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।