• गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

Feb 10th, 2022

काठमाडौं, माघ २७
काठमाडौं महानगरपालिका १५ ठाडो भर्याइङस्थित ग्रिल कारखानामा काम गर्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ घर बताउने ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा बिकासले जथाभावी गाली गलौज गरी अश्लिल शब्द समेत बोलेकोले मिलनले चक्कु र बन्चरोले गर्धन र टाउकोमा प्रहार गरी बिकासलाई गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकासको मनमोहन मेमोरियल अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ ।
मिलन उपर ज्यान मार्ने उद्योग कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।