नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

Feb 10th, 2022

काठमाडौ, माघ २७
नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । आज बिहिबार नेप्से ११ दसमलव ९६ अंकले घटेर २८ सय एक दसमलव ५६ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव सात अंकले घटेर पाँच सय २७ दसमलव २८ अंकमा झरेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ४९ हजार पाँच पटकको कारोवारमा ६९ लाख ५० हजार आठ सय ३८ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहले कमाएकाछन भने १० वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ७९ अंकले घटेर १७ सय ८२ दसमलव ६० अंकमा झर्दा फाईनान्स समुहको सुचक पनि १२ दसमलव ७५ अंकले घटेर २४ सय १० दसमलव छ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ८१ दसमलव सात अंकले घटेर १२ हजार नौ सय ४५ दसमलव ९५ अंकमा झर्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन । टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मिथिला लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।