• गृहपृष्ठ
  • बेलायतका प्रधानमन्त्रीले तोकिएको समयअगावै प्रतिबन्धहरु हटाउने

बेलायतका प्रधानमन्त्रीले तोकिएको समयअगावै प्रतिबन्धहरु हटाउने

Feb 10th, 2022

लन्डन,२७ माघ /रासस/सिन्ह्वा
बृटिश प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनुभएको छ ।उहाँले बुधबार सो कुराको घोषणा गर्नुभएको हो । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ ।

तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उहाँले गर्नुभएको बताइएको छ । उहाँले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताउनुभयो ।

उहाँले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराउनुभएको हो ।