एकै दिन २२ अंकले घट्यो नेप्से

Feb 9th, 2022

काठमाडौं, माघ २६
नेप्से घटेको छ । आज बुुधबार नेप्से २२ दसमलव ११ अंकले घटेर २८ सय १३ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ५१ अंकले घटेर पाँच सय २८ दसमलव ९९ अंकमा झरेको छ । आज दुई सय २३ वटा कम्पनीहरुको ४५ हजार एक सय १२ पटकको कारोवारमा ६५ लाख २० हजार छ सय २८ कित्ता शेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब ४७ करोड ११ लाख नौ हजार एक सय ८२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ४२ अंकले घटेर १७ सय ९३ दसमलव ३९ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ३२ दसमलव ७२ अंकले घटेर ३४ सय आठ दसमलव १९ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ९८ दसमलव ७५ अंकले घटेर १३ सय २७ दसमलव एक अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा लिर्वटी इर्नर्जी कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रो पावर लिमिटेड आदि परेकाछन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।