• गृहपृष्ठ
  • वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Feb 8th, 2022

काठमाडौ, माघ २५
वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी अम्बिका बुढाथोकी पक्राउ परेकीछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुुरको अभियोगमा फरार रहेकी प्रतिवादी काठमाडौको टोखा नगरपालिका वडा नम्बर ३, धनेश्वर निवासी ४१ बर्षिया बुुढाथोकीलाई पव्रmाउ गरिएको जानकारी दिएकोछ ।

बिसं २०७६ भदौ २० गते नुवाकोटको विदुर नगरपालिका वडा नं ११ स्थायी घर भई काठमाडौं टोखामा बस्ने बर्ष बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालय, धनेश्वर, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट बिसं २०७८ कात्र्तिक २३ गते प्रतिवादी बुढाथोकीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १७ लाख ४२ हजार आठ सय ७७ रुपैयाँ जरिवाना र छ दिन कैद हुने ठहर भएको थियो । सो पश्चात फरार रहेकी बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादीलाई बुढाथोकीलाई ललितपुरको भैसीपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मंगलबार ललितपुर जिल्ला अदालतमा बुझाएको सिआईबीको भनाई छ ।