• गृहपृष्ठ
  • नेप्सेमा सुधार ,तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

नेप्सेमा सुधार ,तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

Feb 7th, 2022

काठमाडौ, माघ २४
नेप्सेमा सुधार आएको छ । आज सोमबार नेप्से १५ दसमलव ६९ अंकले बढेर २८ सय ५१ दसमलव ८६ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव पाँच अंकले बढेर पाँच सय ३५ दसमलव ३२ अंकमा चढेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ६६ हजार एक सय १३ पटकको कारोवारमा ९५ लाख १२ हजार पाँच सय ८० कित्ता शेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब दुई करोड २० लाख १७ हजार एक सय ८१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेकाछन भने १० वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७८ अंकले घटेर १८ सय १२ दसमलव १२ अंकमा पुग्दा लघुबित्त र होटल तथा पर्यटन समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने २६ दसमलव १५ अंकले बढेर पाँच हजार १२ दसमलव १५ अंकमा पुुग्दा फाईनान्स समुहको सुचक पनि आठ दसमलव ९२ अंकले बढेर २४ सय ५६ दसमलव ८६ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ७६ दसमलव पाँच अंकले बढेर १३ हजार एक सय ६५ दसमलव ७६ अंकमा पुुग्दा जलबिद्युत, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।