अमनको “नक्कली” मा मुन्नी (भिडियो सहित)

Feb 5th, 2022

काठमाडौ, माघ २२
युवा गायक अमन प्रधानले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात “नक्कली” सार्वजनिक गरेका छन । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका एवंम गीतकार अबुन पाण्डेको रहेको छ ।

टिका दाहालले संगीतवद्ध गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन । गायक प्रधान र प्रियाना आचार्य मुन्नी बीचको अनस्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको यो भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन ।

बिकाश धमलाले सम्पादन गरेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल अमन प्रधान मार्फत सार्वजनिक गरिएको हो ।