• गृहपृष्ठ
  • सरिता भारतीको स्वर र अभिनयमा चिया पकाउ (हेर्नुस् भिडियो)

सरिता भारतीको स्वर र अभिनयमा चिया पकाउ (हेर्नुस् भिडियो)

Feb 5th, 2022

काठमाडौं, माघ २२
गायिका सरिता भारती पछिल्लो समय गायनमा निकै सक्रिय छिन् । उनको एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । हालै मात्र आलिफ खानसँग काठो लोक गीत असारै मास साईली गीत बजारमा ल्याएकी सरिताले यतिबेला गायक सुवर्ण कुमारसँग युगल स्वरमा नयाँ लोक लयको गीत चिया पकाउ…दर्शकमाझ ल्याएकी छिन् । यो गीतको संगीत र शब्द पनि गायक सुवर्णकै हो । यो गीतमा संगीत संयोजन पनि सुवर्ण आफैंले गरेका हुन् ।
‘चिया पकाउ त साईली मिठो पारेर
माली गाईको बाक्लो दुध हालेर…’

यो नयाँ गीतको भिडियोमा गायिका सरिता आफै मुख्य भूमिकामा छिन् । आफ्ना अधिकांस गीतको भिडियोमा प्राय सरिता आफैं मोडल हुने गर्छिन ।

यो गीतको भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । अ भिनेता प्रवण गायिका एवम् मोडल सरिताले यस अघि पनि सर्ट फिल्म द डटर र थाहै नपाई…गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवणसुँगै यो गीतमा विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मागराती, सुस्मिता कार्कीको अभिनय रहेको छ ।

चिया पकाउको म्युजिक भिडियोलाई सुवास बुढाथोकीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । जसमा एस कुमारको छायाँकन तथा सम्पादन र बीरेन्द्र भाट विपिनको रंग संयोजन रहेको छ । भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायिका सरिताले बताईन् ।

यस अघि गायिका सरिता भारतीले गायक सुवर्णसँग एउटा गजल गाएकी थिईन् । गीत निकै मिठो बनेको र सोही अनुसारको भिडियो आफुहरुले बनाएको पनि गायिका सरिताले बताएकी छिन् ।