१४ अंकले घट्यो नेप्से

Feb 3rd, 2022

काठमाडौ, माघ २०

नेप्से घटेको छ । आज बिहिबार नेप्से १४ दसमलव ५८ अंकले घटेर २८ सय ७६ दसमलव ७५ अंकमा झर्दा सेन्सिटिभ पनि तीन दसमलव २६ अंकले घटेर पाँच सय ३९ दसमलव ६४ अंकमा झरेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको एक लाख आठ हजार तीन सय ६५ पटकको कारोवारमा एक करोड ५७ लाख ८० हजार सात सय १३ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार एक सय ६२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा दुई वटा समुहले कमाएकाछन भने ११ वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव १८ अंकले घटेर १८ सय ३४ दसमलव ९१ अंकमा झरेकोमा बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक घटेकाछन । जलबिद्युुत समुहको सुचक भने छ दसमलव ७३ अंकले बढेर ३५ सय २७ दसमलव सात अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि बढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा वीन लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन ।