• गृहपृष्ठ
  • रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ठगराज

रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ठगराज

Feb 3rd, 2022

काठमाडौ, माघ २०
नेपाली कथानक चलचित्र ठगराज निर्माण हुने भएको छ। ठगराजु रङ्ग पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा व्रिmयसनको ब्यानरमा निर्माण हुनेछ । सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन ।

चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केहि समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए । चलचित्रको चैत्र अन्तिमबाट छायाँकन गर्ने निर्माण टिमको योजना रहेको छ। सामाजिक कथा, जीवनको यथार्थसंग नजिक, साथमा कमेडी, लभ र सेन्टिमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताए ।