• गृहपृष्ठ
  • सारेगमप लिटल च्याम्प्सको उपाधि जित्लान त आदित्यले ? यसरी गर्न सकिन्छ भोट

सारेगमप लिटल च्याम्प्सको उपाधि जित्लान त आदित्यले ? यसरी गर्न सकिन्छ भोट

Feb 3rd, 2022

काठमाडौ, माघ २०
संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेका बेला सोही प्रतियोगीताका आशालाग्दा बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन ।

जन्मिदै सुमधुर स्वर लिएर जन्मिएका ९ वर्षका आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि महिनौँ काठमाडौँमा बसेर प्रतियोगीतामा भिडन्त गरिरहेका बाल गायक आदित्यले आफ्नो जादुमयी स्वरको कमाल त देखाएकै छन ।

आदित्यको गायन यात्रामा जजहरु न्ह्यू बज्राचार्य, कालिप्रसाद बास्कोटा र इन्दिरा जोशी भावुक नबनेको पल नै छैन । हरेक एपिसोडमा जज र जुरीहरुले आदित्यलाई स्याब्बासी दिँदै उनको काँधमा ढाप मारेकै हुन्छन । र त आदित्यले फाइनलसम्मको यात्रा चुम्न सफल भएका छन । यसअघि भारतको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्समा भिडेका आदित्यले चर्चा बटुल्न सफल भए । तर उक्त समयमा उनी निकै सानो उमेरका भएका कारण पनि प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्न सकेनन् । तर पछिल्ला दिनमा उनी आफ्नो जादुमयी स्वर र अद्भुत कलाका कारण पनि सबैको मन मुटमा बस्न सफल छन् । सिलगुडीको कर्म म्यूजिक एकेडेमीमा गायनका कक्षाहरु लिइरहेका आदित्यमा गज्जबको आत्मविश्वास छ ।

आफ्ना बाबुसँग सारेगमप लिटल च्याम्प्स नेपालको प्रतिस्पर्धाका लागि काठमाडौँ आएका यी बाल प्रतिभाले आँफुले उपाधि जितेको खण्डमा भोलीका दिनमा नेपाली गीत संगीतलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । आदित्यको गायन कला देखेर शो हेर्ने र उनलाई सुन्नेहरुले जुनियर नारायण गोपालको उपाधि समेत दिइरहेका छन् । भोटिगं कोड ०२ रहेका आदित्यलाई प्रभु पेको एप्स डाउनलोड गरेर वा मम एपमार्फत भोटिङ गर्न सकिनेछ । फाइनलमा आदित्यले रोशा फुँयाल, अविज्ञा घिमिरे, अरुण सुनार र कृपा पौडेलसँग प्रतिस्पर्धा गर्नेछन । प्रतियोगीताको फाइनल यही शनिबार हुँदैछ ।