• गृहपृष्ठ
  • नागरिक अस्पतालका कर्मचारी र बिचौलियाहरु पक्राउ

नागरिक अस्पतालका कर्मचारी र बिचौलियाहरु पक्राउ

Feb 2nd, 2022

काठमाडौ, माघ १९
भक्तपुरको नागरिक अस्पतालका कर्मचारी र बिचौलियाहरु पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक टिचिङ हष्पिटल लिमिटेड र काठमाडौको तिनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिबाट बैदेशिक रोजगारीमा जानेहरुको लागि आवस्यक पर्ने पिसिआर रिर्पोट सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिर्पोट बनाएको आधारमा चार जनलालाई पक्राउ गरिएको हो ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा धनुषाको बिदेह नगरपालिका घर भई हाल ललितपुरको ग्वार्कोमा बस्ने २५ बर्षिय रोशन कुमार छिट्टान, धनुषा कै छिरेश्वर नगरपालिका घर भई काठमाडौको गौशाला बस्ने २५ बर्षिय नागेन्द्र यादव, काभ्रेको तेमाल नगरपालिका घर भई हाल भक्तपुरको शुर्यबिनायक बस्ने २९ बर्षिय माधव मैनाली र सर्लाहीको बलारा नगरपालिका घर भई हाल भक्तपुरको कौशलटार बस्ने २४ बर्षिय प्रशन्न कुमार झा (नागरिक हष्पिटलको ल्याव प्रवन्धक) पक्राउ परेका हुन । महाशाखाका अनुसार नक्कली पिसिआर रिर्पोट बनाउने कार्यमा संलग्न रहेका रौतहटका राजदेवी नगरपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने ४० बर्षिय भावेश मिश्र (नागरिक कम्युनिटी हस्पिटलका पिसिआर ल्याव सञ्चालक) र काठमाडौको पेप्सीकोला बस्ने कान्तिपु अस्पताल प्रालिको पिसिआर ल्याव सञ्चालक ४० बर्षिय निर्मल गिरी भने फरार रहेकाछन ।

पव्रmाउ परेकाहरुको साथबाट पिसिआर रिर्पोट जेनरेट गर्न प्रयोग हुने कम्युटर मनीटर एक थान, ल्यापटप एक थान, सिपियु तीन थान, पिसिआर दर्ता रजिष्टर, नक्कली पिसिआर रिर्पोटहरु, रसिद प्याडहरु र पाँच थान मोवाईलहरु बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार नागरिक र कान्तिपुर अस्पतालका ल्यावहरुले कतिपय व्यक्तिको स्वाव र परिक्षण बिना नै निगेटिभ पिसिआर रिर्पोट दिने गरेको, उक्त ल्यावमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिर्पोट नै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरी रिर्पोट दिने गरेको, कतिपय पिसिआर रिर्पोट पोजेटिभ देखिएका स्याम्पलहरुको सिटी भ्यालु तलमाथि गरी निगेटिभ रिर्पोट दिने गरेको तथा पिसिआर रिर्पोटको मिती समेत तलमाथि गरेको खुल्न आएको छ । अनुसन्धान अनुसार ति अस्पतालहरुले केही बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचय पत्र समेत बनाई दिई सामुहिकरुपमा स्वाव संकलन गर्न प्रयोग गर्ने गरेको, सम्वन्धीत व्यक्तिको उपस्थिती र स्वाव बिनै बिचौलियाहरुले आफ्नै स्वाव संकलन गरी बिभिन्न व्यक्तिहरुको नाउँमा ल्यावमा दिने र ल्यावले सहजै पिसिआर रिर्पोट उपलब्भ गराउने गरेको देखिएको छ । यसबापत बिचौलिया र ल्यावका कर्मचारी एवं व्यवस्थापनको मिलोमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिर्पोट निगेटिभ बनाई दिने भनि प्रति व्यक्ति १० हजार रुपैयाँसम्म लिने गरेको र क्यु आर कोडबाट स्क्यान गरी हेर्न मिल्ने सक्कली जस्तै रिर्पोट बनाउने गरेको देखिएको छ ।